दैनिक नास्तामा खानुहोस् एउटा केरा, हुनेछैन जीवनभर यस्तो समस्या

एजेन्सी – केरा बच्चादेखि बुढासम्म सबैको स्वास्थ्यका लागि एकदमै राम्रो फल हो । यसमा कयौं प्रकारका पोषक तत्व जस्तै पोटाशियम, भिटामिन सी र भिटामिन बी पाइन्छ ।

नास्ताको क्रममा केरा खानु पनि एकदमै फाइदाजनक मानिन्छ । यसले इनर्जी बुस्ट हुन्छ । केरामा भरपूर मात्रामा फाइबर पाइन्छ जसले रगतमा सुगरको मात्रा रेगुलेट गर्ने र पाचन प्रक्रियालाई सुधार्ने काम गर्छ ।

Dengue

बिहान नास्तामा दैनिक एउटा केरा खाँदा सम्पूर्ण स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । आउनुहोस् जानौं बिहान नास्तामा दैनिक एउटा केरा खाँदा शरीरलाई प्राप्त हुने फाइदा बारे ।

केरामा पर्याप्त मात्रामा पोटाशियम हुने भएकाले यो हड्डीका लागि एकदमै राम्रो मानिन्छ । बच्चा तथा गर्भवती महिलाका लागि पनि दैनिक बिहान एउटा केरा खानु एकदमै फाइदाजनक हुन्छ ।

केरामा काब्र्स, सेरोटोनिन, डोपामाइन तथा भिटामिन बी पनि पाइन्छ । यसले रक्तचाप, तनावलाई कम गर्छ र नर्वस सिस्टमलाई राम्रो गर्छ ।

तपाईंले दैनिक रुपमा नास्तामा एउटा केरा खानुहुन्छ भने एनिमियाको खतरा हुँदैन । केरामा प्रर्याप्त मात्रामा आइरन पाइन्छ जसले एनिमिया हुन दिँदैन ।

महिनावारीको समयमा पनि केरा खानु एकदमै फाइदाजनक हुन्छ । यसले महिनावारीको बेला हुने दुखाई पनि कम गर्छ । रक्तश्राव भइरहेको अवस्थामा यसले शरीरलाई ऊर्जा दिन्छ ।

केराले तपाईंको भोक पनि नियन्त्रण गर्छ । त्यसैले बिहानको समयमा नास्तामा केराको सेवन गर्नुभयो भने तपाईं ऊर्जावान महसुस गर्नुहुन्छ ।

केरामा प्रर्याप्त मात्रामा म्याग्नेशियम हुन्छ । यसले तपाईंको मुडलाई राम्रो बनाउँछ । बिहानको समयमा यो सेवन गर्दा दिनभर मुड राम्रो हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार