देउवालाई विश्वप्रकाशको सुझाव– सानेपामा बैठक बसिरहेकालाई विरोधी नसोच्नू, सबैको सुन्नू

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वसभापति शेरबहादुर देउवालाई आफूहरूलाई विरोधीका रूपमा नसोच्न आग्रह गरेका छन्।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै आफूले विगतका बैठकमा ५ पटक प्रधानमन्त्री बनिसकेकाले विश्राम लिन आग्रह गरेको कुरालाई पनि स्मरण गरे।

उनले भने, ‘आज त्यहाँ भेलामा शेरबहादुर दाइको जयजयकार गाउँदै गर्दा सानेपामा मिटिङ बसिरहेका चाहिँ विरोधी हुन् भन्ने कुरा उहाँले सोच्न हुँदैन। उहाँको जीवनमा कुनै न कुनै मोडमा साथ दिएका साथीहरू हुन्। १४ औँ महाधिवेशनमा सभापति बनाउनको लागि मत दिन लाइन लागेका साथीहरू यी नै हुन्। त्यसैले उहाँले सबैलाई मिलाएर समन्वय गरेर जाने घोषणा गर्नुपर्छ।’

उनले आफूहरूले देउवालाई औपचारिक रूपमा स्वागत गरिसकेको बताए।

उनले भने, ‘हामीले स्वागत पनि गर्यौँ, केन्द्रीय समितिको बैठकले नै निर्णय गरेर पनि स्वागत गर्यौँ, सभापतिजीले सुरुमै बोलेर पनि स्वागत गर्नुभयो। यो बेलामा हाम्रो अपेक्षा थियो उहाँले बोल्दै गर्दा सायद भन्दिउनुपथ्र्यो, म लामो समयपछि देश फर्किएको छु, म सबैको सुन्न चाहन्छु, यो बेला सबै एक हुन जरुरी छ।’

उनले परिवर्तनलाई आत्मसात् गर्ने लिखित प्रतिबद्धता आएको बताए।

उनले भने, ‘परिवर्तनलाई आत्मसात् गर्ने भनिरहँदै गर्दा नेपाली कांग्रेस पार्टी विधि, पद्धति, प्रक्रियाभित्रबाट परिवर्तनको एउटा अध्यायमा पुगेको छ। एउटा ३६ वर्षको युवक देशको प्रधानमन्त्री भएको कुरालाई हामीले आत्मसात् गरेका छौँ। त्यही आसपासको उमेरका व्यक्तिलाई पार्टी नेतृत्व मान्न किन नसक्ने?’

उनले आफूहरूले पठाएको ७ बुँदे प्रस्तावमाथि भेलामा छलफल गर्न आग्रह गरे। उनले आफूहरूको प्रस्तावमा आवश्यक कुरा थपघट गर्न समेत तयार रहेको बताए। उनले विधानको व्यवस्था अनुसार मंसिरमा पार्टीको १५ औँ महाधिवेशन गरेरै छाड्ने बताए।

उनले भने, ‘१५ औँ महाधिवेशन जसरी जुन रूपमा होला। विधानको व्यवस्था अनुसार सभापति बन्नको लागि ५१ प्रतिशत ल्याउनुछ। त्यस्तै परिस्थिति रहिरहे ५१ होइन ७१ प्रतिशत मत ल्याएर हामी सभापति बनाएर नयाँ ऊर्जाका साथ कांग्रेसलाई अगाडि बढाउँनेछौं।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार