कञ्चनपुरमा लुगा सुकाउँदा करेन्ट लाग्यो, धनगढी ल्याएपछि लक्ष्मीको मृत्यु

भक्तराज जोशी
कञ्चनपुरमा लुगा सुकाउँदा करेन्ट लाग्यो, धनगढी ल्याएपछि लक्ष्मीको मृत्यु

धनगढी : कञ्चनपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–५ गजरौलाकी २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार बिहान आफ्नै घरमा लुगा सुकाउने क्रममा विद्युत्को तारबाट करेन्ट लाग्दा नेपाली गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको थियो।

उपचारका क्रममा नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार