तीन वर्षे अनुभव हटाएर फेरि सूचना प्रकाशित गर्न त्रिविलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिवि उपकुलपतिको विज्ञापन सच्याएर पुनः प्रकाशित गर्न आदेश दिएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै बोलाएर प्रधानमन्त्री दाहालले उक्त विज्ञापन सच्याएर प्रकाशित गर्न आदेश दिएका हुन्।

विश्वविद्यालयको सुधारका निम्ति आफूले संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रवार प्रकाशित सूचनाले योग्य मान्छेहरू छनोटको ढोका बन्द हुन सक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुपर्ने सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको प्रधानमन्त्रीले बताएका थिए। पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाएर फेरि सूचना प्रकाशित गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार