प्रभु बैंकका सिइओ शेरचन राष्ट्रपतिद्धारा सम्मानित

धनगढी- प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मानित भएका छन् ।

 बुधबार सातौं बागलुङ महोत्सवमा शेरचन राष्ट्रपति पौडेलद्वारा सम्मानित भएका हुन् । राष्ट्रपति पौडेलले सिइओ शेरचनलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

Dengue

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा सफल नेतृत्व गरेको र बैकिङ क्षेत्रबाट देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै सिइओ शेरचनलाई सम्मान गरिएको हो ।

बागलुङमा जन्मेका शेरचन यतिखेर सक्षम र सवल बैंकरको रुपमा स्थापित छन् । बैंकिंग क्षेत्रमा उनको २८ बर्षको अनुभव छ ।शेरचनको नेतृत्वमा रहेको प्रभु बैंकले केहीसमय अघि मात्रै ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार