एनएसएलकाे विजेताले ७० लाख रुपैयाँ पाउने

काठमाण्डाै – दाेस्राे संस्करणकाे नेपाल सुपर लिग (एनएसएल) प्रतियाेगिताकाे विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने भएकाे छ ।

नेपाल स्पाेर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) का प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले आज बुधवार विज्ञप्ति निकालेर एनएसएल विजेताले पाउने पुरस्कार राशिकाे रकम दाेब्बरले बढाएर ७० लाख रुपैयाँ पुर्‍याइएकाे जानकारी दिनुभएकाे छ । पहिलाे संस्करणकाे विजेता काठमाण्डाै रेजर्सले ३५ लाख रुपैयाँ पाएकाे थियाे । यस्तै उपविजेताले २० लाख रुपैयाँ पाउने विज्ञप्तिमा उल्लेख छ ।

dashain shuvakamana
Discovery School

यसैगरी प्रतियाेगिताकाे सर्वाेत्कृष्ट खेलाडीले २ लाख तथा सर्वाधिक गाेलकर्ता, उत्कृष्ट गाेलकिपर र उत्कृष्ट युवा खेलाडीलाई समान १ लाख रुपैयाँ दिइने एनएसईएमका प्रबन्ध निर्देशक कार्कीले बताउनुभयाे ।

दाेस्राे संस्करणकाे एनएसएलकाे फाइनल खेल आउँदाे शनिवार हुँदैछ । धनगढी एफसी फाइनलमा पुगिसकेकाे छ । फाइनलमा पुग्ने अर्काे टाेली बन्नका लागि भाेलि बिहीवार पाेखरा थन्डर्स र ललितपुर सिटी एफसी खेल्दैछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार