नेफ्स्कूनको अध्यक्षमा ढकाल सहित सुदुरपश्चिमकी शाही निर्वाचित

Call24News

देशभरका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून)को अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्।

नेफ्स्कूनको यही पुस ७ र ८ गते सम्पन्न ३२ औँ वार्षिक साधारणसभा एवं निर्वाचनमा उनले एक हजार एक सय ९६ मत प्राप्त गरे। निर्वाचनमा अध्यक्षका प्रत्यासी परितोष पौड्यालले एक हजार १९ मत पाए।

नवनिर्वाचित अध्यक्ष ढकाल लामो समयदेखि सहकारी क्षेत्रमा कार्यरत छन्। वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी , महासचिवमा घनश्याम अधिकारी कोषाध्यक्षमा दिपक थापा निर्वाचित भएका छन्।

सञ्चालक महिलामा सीता ढकाल पौडेल, मन्दरा मिश्र, कमलादेवी गिरी, लक्ष्मी सापकोटा (कोशी प्रदेश), शोभाकुमारी राउत (मधेस प्रदेश), खेमराज सुवेदी (बागमती प्रदेश), गोपालप्रसाद गौतम (गण्डकी प्रदेश),ज्ञानु पौड्याल (लुम्बिनी प्रदेश), वीरबहादुर राउत भोट (कर्णाली प्रदेश), दिप्ती शाही (सुदूरपश्चिम प्रदेश) विजयी भएको निर्वाचन समितिले जनाएको छ।

यसैगरी, सञ्चालक खुलामा देवकुमार श्रेष्ठ, सुशीलकुमार बस्न्यात, शालिकराम ढकाल, लेखा सुपरीवेक्षण समिति संयोजकमा इन्द्रराज ज्योती पौडेल, सदस्यद्वयमा हेमराज विष्ट र दुर्गा तिवारी सञ्जेल निर्वाचित भए।

गए राति सम्पन्न मतदानमा कूल दुई हजार छ सय ३३ मतदातामध्ये दुई हजार दुई सय मतदाताले मतदान गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार