युवा विदेश जाने बाध्यता अन्त्य गर्नुपर्छ : सभापति लामिछाने

तनहुँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भ्रष्टाचार बढेर देश कङ्गाल भएकाले युवाहरु विदेशीन बाध्य भएको बताउनु भएको छ । तनहुँको भिमाद नगरपालिकाको भिमाद बजारमा बिहीबार आयोजित सभालाई सम्बोधन गर्नुहुँदै लामिछानेले भ्रष्टाचारले देश आर्थिक सङ्कटमा परेकाले युवाहरुले स्वदेशमा अवसर नपाएको बताउनुभयो ।

रास्वपाको प्रमुख मुद्दा भ्रष्टाचार गर्ने र विकासलाई गतिशिल बनाई युवाहरुलई स्वदेशमै रोजगारी दिने रहेको सभापति लामिछानेको भनाइ छ ।  २०८४ चुनावमा बहुमत ल्याएर भ्रष्टाचारको फाइल खोल्ने लामिछानेले दाबी गर्नुभयो ।

Dengue

भ्रष्टाचार अन्त्यको अभियानमा लागेकाले आफूले मुद्दा र घेराबन्दीको व्यहोर्नु परेको उहाँको भनाइ थियो । सरकारले भ्रष्टाचार फाइल खोल्ने गरेपनि आफ्नो मान्छेको नाम आएपछि बन्द गर्ने सभापति लामिछानेको आरोप रहेको थियो ।

सभापति लामिछानेले भन्नुभयो, ‘‘सरकारले फाइल त खोल्छ, तीन÷चार पाना पल्टाएपछि आफ्नै मान्छेको अनुहार आएपछि फाइल बन्द गर्छ ।’’ भ्रष्टाचारको जालो रास्वपाले तोडेरै छाड्ने लामिछानेको उद्घोष गर्नु भएको थियो ।

भ्रष्टाचारको अन्त्य गर्ने कदममा जनताले साथ दिएकाले हौसला मिलेको उहाँको भनाइ छ । महिला दिदीबहिनीको अधिकारका लागि लडिरहेको उहाँ बताउनुहुन्छ । महिलालाई र सुरक्षा र सम्मान गर्नुपर्छ भनेर आफ्नो निर्वाचन क्षेत्र चितवनमा महिलाका लागि सार्वजानिक यातायात सेवा दिन ब्लु बस सञ्चालन गरेको बताउनुभयो  । बस पर्याप्त नभएको पनि सुरुवात गरिएको र यसलाई विस्तारै देशैभरी विस्तार गरिने उहाँले बताउनुभयो ।

पुस ९ गते देखि दबाब यात्रा हुने
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले बुटवल–नारायणगढ सडक छिट्टो निर्माणमा दबाब दिने उद्देश्यले दबाब यात्रा गर्ने भएको छ । बुटवलसम्मको ११३ किलोमिटर सडक खण्डमा रास्वपाको टोलीले सडकमा हिँडेर यात्रा गर्ने र सर्वसाधारणका गुनासो सुन्ने रास्वपाले जनाएको छ ।

नारायणगढ–बुटवल सडक खण्डको स्तारोन्नति पछिल्लो पटक निर्धारित समयमै सक्न दबाब दिने र सो सडकखण्डमा यात्रा गर्दा नागरिकले व्यहोर्नु परेको सास्ती र हैरानीप्रति ध्यानाकर्षण गराउने, सडक आसपासका स्थानीयसँग अन्तरक्रिया गर्ने यात्राको मुख्य लक्ष्य रहेको यात्रा संयोजक तथा रास्वपा केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश सभापति राजन गौतमले जानकारी दिनुभयो ।

पुस ९ गते गैंडाकोटको पुल्चोकबाट यात्रा सुरुवात हुने उहाँले बताउनुभयो । यात्राको नेतृत्व रास्वपा सभापति लामिछानेले गर्नेछन् । टोलीमा सांसदहरु निशा डाँगी, शिव नेपाली, रास्वपाका सहकोषाध्यक्ष दीपक बोहरासहितका नेताहरु सहभागी हुनेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार