देश नाजुक अवस्थामा छ, अर्थतन्त्र गम्भीर संकटमा छ :केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारका कारण देशको अवस्था अत्यन्तै नाजुक रहेको बताउनुभएको छ ।

रुकुम पूर्वको रुकुमकोटमा बुधबार बिहान आयोजित विकास र समृद्धिसम्बन्धी सर्वदलीय(सर्वपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारका कारण देशको सबै क्षेत्र डामाडोल अवस्थामा रहेको बताउनुभयो ।

dashain shuvakamana
Discovery School

मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान ९झुलाघाट(चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा० का क्रममा रुकुम पूर्व पुग्नुभएका अध्यक्ष ओलीले अहिलेको सरकारका कारण देश असफल भएकाले एमालेले पश्चिम बैतडीदेखि पूर्वको पाँचथरसम्म संकल्प यात्राको अभियान चलाइरहेको बताउनुभयो । देश हरेक क्षेत्रबाट असफल भइरहेकाले देशलाई सही ढंगले निकास दिन अभियानका क्रममा आम जनतासँग राय, सुझाव लिने र सोही अनुसार अघि बढ्ने एमालेको योजना रहेको उहाँले बताउनुभयो ।

देशको राजनीति अस्थिर र अराजक बनेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो ( देशको अवस्था अत्यन्त नाजुक छ, देश नाजुक अवस्थामा छ, यस अवस्थालाई कसरी रोक्ने र सकारात्मक बाटोमा फर्काउने, आज देशको राजनीति अन्यौलग्रस्त छ, देशको राजनीति निराशायुक्त छ, देशको राजनीति अस्थिर र अराजक बनेको छ, देशको राजनीतिप्रति जनविश्वास अत्यन्तै घटेको छ ।

गठबन्धन सरकारका कारण भ्रष्टाचार र तस्करी मौलाएको भन्दै अध्यक्ष ओलीले एमालेले त्यसलाई रोक्नुपपर्ने बताउनुभयो । सरकारको ध्यान सत्ता टिकाउने र अपराधीलाई संरक्षण गर्नेतर्फमात्र केन्द्रित भएको उहाँले बताउनुभयो ।

राज्यले नै अपराधीलाई प्रोत्साहित गर्ने, कर्मचारीतन्त्रमाथि हस्तक्षेप गर्ने, प्रहरी प्रशासनलाई ठिक ढंगले काम गर्न नदिने, चुनावमा धाँधली र बुथ कब्जा गर्न लगाउने कार्य हुनु अत्यन्त लज्जाजनक रहेको समेत उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो ( ुअपराधीलाई प्रोत्साहित गर्ने, समात्नै नमान्ने, समातिहाले मुद्दा नहाल्ने, मुद्दा खारे गर्छ, माफी दिन्छ, अदालतले हस्तक्षेप गरेर फेरि मुद्दा लगाउनुपर्ने, प्रहरी प्रशासन कर्मचारी तन्त्रले ठिक ढंगले काम गर्न पाएको छैन, हस्तक्षेपमाथि हस्तक्षेप छ, कर्मचारीतन्त्रलाई दुरुपयोग गरिएको छ, चुनावमा धाँधली गर्न लगाइन्छ, बुथ कब्जा गर्न लगाइन्छ, राज्यको तर्फबाट यस्तो हुनु भनेको अत्यन्त लज्जास्पद कुरा हो, घिनलाग्दो कुरा हो ।

देशको अर्थतन्त्र इतिहासकै खराब अवस्थामा रहेको भन्दै उहाँले कर्मचारीलाई तलब खुवाउन पनि सरकारले ऋण लिनुपरेको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो ( देशको अर्थतन्त्र अत्यन्तै अप्ठ्यारो, असहज, बिग्रिएको अवस्थामा छ र बिग्रदो छ ।

एमालेले सरकार छाडेपछि विकासको गति रोकिएको भन्दै अध्यक्ष ओलीले रोकिएको विकासको गति फेरि अगाडि बढाउनुपर्ने जिम्मेवारी आफूहरुको रहेको बताउनुभयो । देश विकास नचाहनेहरूले विदेशीसँग मिलेर एमाले नेतृत्वको सरकार ढालेका समेत उहाँले स्मरण गर्नुभयो ।

वर्तमान सरकारले मुलुकमा सुशासन कायम गर्न नसकेको भन्दै अध्यक्ष ओलीले लडेर ल्याएको लोकतान्त्रिक प्रणालीको मूल्य मान्यता फेरि स्थापित गर्नुपर्ने र देशमा सुशासन कायम गर्नुपर्ने जिम्मेवारी पनि एमालेको काँधमा रहेको बताउनुभयो ।

देशको भूमि लगायत राष्ट्रहितका सवालमा अहिलेको गठबन्धन सरकार छिमेकी मुलुकसँग शिर ठड्याएर बोल्न समेत नसक्ने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो ( देशमा सुशासन स्थापना गर्नु छ, अहिले राष्ट्रको सार्वभौमसत्ता(स्वाधिनता निहुरीएको अवस्थामा छ, नेपाल सरकारले हाम्रा छिमेकीहरुसँग ठाडो शिर गरेर कुरा पनि गर्न सक्दैन, कुरा पनि गर्न सक्ने अवस्था छैन, त्यस्तो अवस्थामा हामी नेपाली छौं, राष्ट्रिय हितको रक्षा हुने कुरा, स्वाधिनताको प्रयोग हुने कुरा, त्यसको रक्षा हुने कुरा, हाम्रो स्वतन्त्रताको प्रयोग गर्ने कुरा र हाम्रो ए‍ेतिहासिक गौरवमा उपलब्धिहरुमा हाम्रो स्वाधिनतामा गर्व गर्ने कुरा यो मुख्य सवाल हो, जसलाई फेरि उठाउनुपर्नेछ ।

गठबन्धन सरकारका कारण प्रतिगामी तत्वहरु सल्बलाएका भन्दै अध्यक्ष ओलीले अहिलेको व्यवस्थामाथि औंला ठड्याउनेविरुद्ध सबै मिलेर लड्नुपर्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो ( ुसरकारका कारण धेरै समस्या आएका छन्, देश असफल बनाउने अवस्थामा लान खोजिएको छ, देशभित्रका केही तत्व र देश बाहिर रहेका नेपालको अहित चाहनेहरुविरुद्ध सबै सचेत बनौं, यो प्रणालीलाई ठूलो लगानी गरेर ल्याएका हौं, यसविरुद्ध हुने गतिविधि सबै मिलेर लड्नुपर्दछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार