धनगढी उपमहानगरपालिकाद्वारा २ स्थानमा फूल बिक्री केन्द्र स्थापना

धनगढी: धनगढी उपमहानगरपालिकाले २ स्थानमा फूल बिक्री केन्द्र स्थापना गरेको छ ।

धनगढी उप–महानगरपालिका परिसर अगाडि र बोराडाँडीस्ति भाटभटेनी सुपर मार्केटमा फूल बिक्री केन्द्र आइतबारदेखि सुरु भएको नगरप्रमुख गोपाल हमालले जानकारी दिए । स्थानीय किसानले उत्पादन गरेको सयपत्र, मखमली लगायत फूलको प्रवद्र्धन तथाा सहज रुपमा खरिद बिक्री गर्न पाउने उद्देश्यले फूल बिक्री केन्द्र स्थापना गरिएको हो ।

Dengue

यस वर्ष धनगढीका झण्डै एक दर्जन किसानले व्यवसायीक रुपमा फूल खेती गरेका छन् । उत्पादित फूल तिहारको समयमा सहज र भरपर्दो रुपमा बिक्री गर्न केन्द्र नै स्थापना गरिदिएर किसानले उत्पादन गरेका फूल बिक्री वितरणमा उपमहानगरले सहयोग गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार