कैलालीमा जिप दुर्घटना हुँदा चार जना घाइते

धनगढी: कैलालीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

जिल्लाको मोहन्याल गाउँपालिका–४ को बजेडीमा डोकेबजारबाट खिमडीतर्फ गइरहेको भे १ ज ६१६३ नम्बरको जिप शुक्रबार साँझ दुर्घटना हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार घाइते हुनेमा डोटीको बडिकेदार गाउँपालिका-३ बस्ने ३९ वर्षीया सरिता बुढा, ३३ वर्षीय मनिष रोक्का, मोहन्याल गाउँपालिका-४ बस्ने ५० वर्षीया धनसरा मास्के र ३९ वर्षीया कमला पुनमगर रहेका छन् । उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । पाँचै जनाको अवस्था मध्यम रहेको छ ।

जिप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार