आजको राशिफल

आज – २३ कार्तिक २०८० बिहिवार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग पनि मिल्नेछ ।

Dengue

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । कामको गति पनि सुस्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज पढाइमा बाधा आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ, तर जग्गाजमिनको कारोबार र वैदेशिक कार्यबाट राम्रो प्रतिफल मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राज्यबाट मान सम्मान पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्छ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ, तर अधुरो वैदेशिक क्षेत्रको कार्यहरू भने अघि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभ कार्यको चर्चा चल्नेछ । आफन्तबाट साथ र सहयोग पाइनेछ । भ्रमणको योजनाहरू बन्नेछन् , तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । सफल यात्रा पनि हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक यात्राको योग पनि छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार