डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, पाँच घाइते

धनगढी: धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप गए राति २ बजेर २८ मिनेटमा डोटी जिल्लाको शिखर नगरपालिका-६अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटनाग्रस्त हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
जीप एक्कासि अनियन्त्रित भई सडकबाट अन्दाजी ५०र६० मिटर तल खसेर दुर्घटना भएको हो। चालक सहित १० जना सवार जीप दुर्घटना हुँदा पाँच जना घाइते पनि भएका छन्। घाइतेहरूलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पठाइएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका-५ बस्ने २२ वर्षीया राधिका मलाल, सोही स्थानकी ३२ वर्षीया धनशोभा बुढा, उनका छोरा अन्दाजी ६ वर्षीय कविन्द्र बुढा र सोही स्थानकी विमला मलालकी छोरी अन्दाजी आठ महीनाकी प्रार्थना मलाल रहेका छन्।

Dengue

यस्तै घाइतेहरूमा सोही स्थानका ३० वर्षीय प्रकाश बुढा थापा, २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षका दानबहादुर मलाल, २१ वर्षीया विमला मलाल र २१ वर्षका राजबहादुर मलाल रहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार