काठमाडौं: साताको अन्तिम कारोबारका दिन सुनको मूल्य बढेको छ ।
शुक्रबार बजारमा सुनको मूल्य प्रतितोला २ सयले बढेर १ लाख १५ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, बिहीबार मात्रै प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेर प्रतितोला १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्