टी–२० विश्वकप छनोट : आज नेपाल यूएईसँग र ओमान बहराइनसँग भिड्दै

काठमाडौं -आईसीसी टी–२० विश्वकप एशिया फाइनल छनोटअन्तर्गत सेमिफाइनलमा आज नेपाल यूएईसँग र ओमान बहराइनसँग खेल्दै छन्। सेमिफाइनल खेलका विजेता टोली फाइनलमा पुगेसंगै टी–२० विश्वकपका लागि छनोट हुने छन्।

दुवै सेमिफाइनल खेल आज बिहान ११ बजे सुरु हुने छन्।मूलपानी क्रिकेट मैदानमा नेपाल र युएईबीच खेल हुनेछ भने ओमान र बहराइनबीचको अर्को सेमिफाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

Dengue

आईसीसी टी–२० विश्वकप एशिया फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा बिहीवार कुवेतसँग पराजित भए पनि बहराइन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।मूलपानी त्रिकेट मैदानमा बिहीवार भएको खेलमा कुवेतले बहराइनलाई ४ विकेटले पराजित गरे तापनि नेट रनरेटका आधारमा बहराइन सेमिफाइनमा पुगेको हो।

अङ्क बराबर भए पनि हङकङ र कुवेतलाई नेट रनरेटको आधारमा पछि पर्दै बहराइन समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो। यो समूहबाट तीनै खेल जितेको संयुक्त अरब इमिरेट्स (युएई) ६ अङ्कका साथ समूह विजेता बन्दै सेमिफाइनलमा नेपालसँग खेल्नेछ।

बहराइन, हङकङ र कुवेतको बराबर २ अङ्क थियो तर बहराइनको नेट रनरेट माइनस ०.३९८, हङकङको माइनस ०.४३३ र कुवेतको माइनस ०.६४९ रहेका कारण बहराइन सेमिफाइनल पुग्न सफल भयो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार