बाजुरामा दैविक विपत्तीमा परी पाँच जनाको मृत्यु

बाजुरा, ३० असोज । बाजुरामा दैविक विपत्तीमा परेर पाँच जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार विगत तीन महिनामा पाँच जनाको ज्यान गएको हो ।

बाढी र पहिरोमा परेर दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुरालका प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले जानकारी दिए । यस्तै चट्याङ लागेर, लेक लागेर र करेन्ट लागेर एक–एक जनाको ज्यान गएको छ ।

Dengue

यसैगरी बाढी र पहिरोमा परी एकजना बेपत्ता हुनाका साथै तीन पशुचौपाया र ३० जङ्गली जनावरको ज्यान गएको छ । बाढी पहिरो र चट्याङ लागेर एक पशुचौपाया घाइते भएको प्रहरी निरीक्षक दान सिं भण्डारीले जानकारी दिए ।

उनका अनुसार जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा दर्शनका लागि गएका दुई तीर्थयात्री लेक लागेर घाइते भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार