राहदानी चोरी मुद्दामा फरार डोटीका एक जना धनगढीबाट पक्राउ

डोटीमा राहदानी चोरीसम्बन्धी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले धनगढीबाट नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–१ निवासी ४५ वर्षीय मेख शाही रहेका छन्। जिल्ला अदालत डोटीले उनलाई उक्त मुद्दामा २ महिना कैद सजायसँगै २ लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो।

फैसलापछि फरार रहेका शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले खोजतलासका क्रममा धनगढी उपमहानगरपालिका–६ स्थित जाली क्षेत्रबाट बिहीबार पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका शाहीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार