एसईई आईडल ३ मा चटकपुरको एम.बि. बिजनेशको साथ

असोज, २४ धनगढी । सुदूरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आईडल–३ मा प्रायोजकमा एम.बि. बिजनेश जोडिएको छ । कार्यक्रमको फर्निचर पार्टनरका रुपमा धनगढी चटकपुर स्थित फर्निचर बिक्रि केन्द्र एम.बि. बिजनेश पनि एसईई आईडल ३ मा जोडिएको हो ।

एसईई आईडल–३ को आयोजक संस्था प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.का अध्यक्ष प्रकाश छेडाल र एम.बि. बिजनेशका संचालक कपिल जोशीले आज प्रायोजन सम्बन्धि सम्झैता पत्रमा हस्ताक्षर गरेका छन् । कला क्षेत्रको प्रबर्द्धन आफ्नो पनि जिम्मेबारी भएकाले यस कार्यक्रममा जोडिएको कुरा संचालक भट्टले बताए ।

Dengue

एसईई आईडलको यस संस्करणमा गुरुजि सटिङ एण्ड सुटिङ, समैजी अफसेट प्रेस, होटल डिभोटी पनि प्रायोजकको रुपमा जोडिसकेका छन् । एसईई आईडलका सुदूरपश्चिम प्रदेश का ९ जिल्लाका २५ बढी स्थानहरुमा अडिसनहरु आयोजना हुनेछन् । जसमा यस वर्ष एसईई दिने विद्यार्थीहरुले सहभागी हुन पाउनेछन् ।

यस बर्षको असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुने आयोजक समितीले जनाएको छ । नृत्य र गायन विधाका उत्कृष्ट ३०–३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५–१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।

फाईनलबाट दुवै विधामा १–१ जना विजेता र १–१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमशः रु. ५०–५० हजार र रु. २५–२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११–१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार