धनगढी, २४ असोज । बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ को कार्यालयलाई एकजना स्थानीयले पाँच रोपनी जमीन जमीन दान गरेका छन् । वडा कार्यालयको भवन निर्माणका लागि स्थानीय नन्दादेवी कुँवर र उनका छोरा जितबहादुर कुँवरले जमीन दान गरेका हुन् ।
सुर्नया गाउँपालिका वडा नं ७ को कार्यालयलाई स्थानीय नन्दादेवी कुँवर र उनका छोराका तर्फबाट ५ रोपनी जमीन दान गरिएको वडा अध्यक्ष भक्तबहादुर कुँवरले बताए । वडा अध्यक्ष कुँवरका अनुसार वडाको नाममा जमीन भएपछि भवन निर्माणका लागि सहज हुने भएको छ ।
जमीन दान गर्ने दुवैजना आमा–छोरालाई वडा कार्यालयका तर्फबाट धन्यवाद समेत ज्ञापन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्