इजरायल आक्रमण परेका नेपालीको उद्दारमा सरकारले चासो नदिएको एमाले अध्यक्ष केपी आरोप

धनगढी, २१ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायल भएको मिसाइल आक्रमण परेका नेपालीको उद्दारमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशनको आइतबार धनगढीमा उद्घाटन गर्दै उनले इजरायलमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा नेपाली मारिएको सन्दर्भमा सरकारले चासो नदिएको आरोप लगाए ।

Dengue

एक्कासि मिसाईल मिसाइल आक्रमण हुदा पढाईको सिलसिलामा इजरायल गएका सात जना नेपाली विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरे ।

दुई वर्ष गठबन्धनको सरकार हुँदा मुलुक अहिले साँच्चिकै अप्ठ्यारोमा रहेको उनको आरोप छ । एमालेले सरकार छाडेको दुई वर्षमै देश ओरालो लागेको एमाले अध्यक्ष्य ओलीको भनाइछ ।

अध्यक्ष्य ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चिन प्रमणले सम्मान मात्रै पाएको टिप्पणी गरे । प्रधानमन्त्रीको विदेश भ्रमण घुमफिर गर्ने र स्वागत लिनेबाहेक अन्य उपलब्धि नभएको उनको दाबी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार