इन्टरनेशनल लिग क्रिकेटको उपाधि एसपीएलाई

धनगढी, २१ असोज । महेन्द्रनगरमा आइतबार सम्पन्न इन्टरनेशनल टी–२० कप क्रिकेटको उपाधि धनगढीको एसपीए कलेजले जितेको छ । आइतबार भएको फाइनलमा महेन्द्रनगरको लिटिलबुद्ध एकेडेमीलाई ३ विकेटले पराजित गर्दै एसपीए विदेता बनेको हो । विजेता एसपिएले १ लाख नगद हात पारेको छ ।

एसपीएले अपराजित रहदैँ प्रतियोगिताको उपाधि हात पारेको हो । महेन्द्रनगरस्थित क्रिकेट मैदानमा आइतबार सम्पन्न फाइनलमा एसपीएले पाएको ६४ रनको लक्ष्य १३.४ ओभरमा ७ विकेट गुमाएर भेट्टाएको थियो । एसपीएका आशिष लुहारले ६ बलमा १४ रन, विशाल विष्टले ८ र गौरव मल्लले ११ रन जोडे । लिटिलबुद्धका नरेन्द्र ऐडी ३ विकेट, राजेश ऐरले २ विकेट लिए ।

Dengue

त्यसअघि टस जितेर ब्याटिङ गरेको लिटिलबुद्धका लागि पुकार चन्दले २३ र राजेश ऐरले १० रन जोडे । एसपीएका सागर साउदले ४, सौर्य श्रेष्ठ र खगेन्द्र कुँवरले समान ३–३ विकेट लिए । एसपीए कलेजले यस क्षेत्रमा स्कुल तथा कलेज क्रिकेट कपमा अधिपत्य जनाउँदै आएको छ । कलेजमा ८ जना अन्तर्राष्ट्रिय खेलाडीहरु छात्रवृत्तिमा अध्ययनरत् छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार