कञ्चनपुर र कैलालीबाट ११ लाख बढीका भन्सार छलीका सामान बरामद

धनगढी, १४ असोज । कञ्चनपुर र कैैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० बिद्युत कार्यालय अगाडीबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ५० हजार मूल्य बराबरको कपडा, ब्लुटुथ स्पिकर, प्लाष्टिकको कुर्ची लगायतका सामान र गड्डाचौकीबाट अन्दाजी १० लाख ६७ हजार मूल्य बराबरको कोट पाईन्टको कपडा, सर्टको कपडा, ट्रेक सुट, जिन्स पाईन्ट, लेडिज सुट, मोबाइल कभर, चप्पल लगायतका सामान प्रहरीले बरामद गरेकको हो ।

Dengue

शनिवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–३ बडाहराबाट अन्दाजी १९ हजार ७ सय मूल्य बराबरको चिनी, सोडा, मिठाई, चकलेट लगायतका सामानहरु शनिबार प्रहरीले बरामद गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार