सुदूरपश्चिम प्रदेश सभा सचिवालयको भवन मर्मतमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

धनगढी, १३ असोज । सुदूरपश्चिम प्रदेश सभा सचिवालयको भवन मर्मतमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ । सचिवालयको भवन मर्मतमा अनियमितता गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरमा उजुरी परेको हो ।

प्रदेश सभा सचिवालय रहेको भवन मर्मत तथा रंगरोगनमा जथाभावी खर्च गरी अनियमितता भएको आरोप छ । प्रदेश सभा सचिवालयले भवन मर्मत कार्यमा अनियमितता गरेको भन्दै परेको उजुरीमाथि छानविन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी बसन्त शाहीले बताए ।

Dengue

प्रदेश सभा सचिवालयले प्रयोग गरिरहेको साविक जिविसको पूरानो भवन मर्मत र रंगरोगनको कार्यमा अनियमितता भएको भन्दै उजुरी परेको उनले बताए ।

अख्तियारको प्राविधिक टोलीले हालै धनगढी आएर प्रदेश सभा सचिवालयले मर्मत सम्भार गरेको भवनको स्थगत रुपमा प्राविधिक नाप, जाँच गरेर फर्किएको थियो ।

अख्तियारले उक्त कार्यसँग सम्बन्धीत कागजपत्र भने यसअघि नै नियन्त्रणमा लिएर छानविन गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार