स्वस्तिक अस्पतालमा महिनाभर ‘ओ.पी.डी टिकेट फ्री’

धनगढी: धनगढी स्थित स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि. (स्वस्तिक अस्पताल) ले असोज महिनाभर महिला रोग विशेषज्ञले प्रदान गर्ने परामर्श (ओपिडी) टिकेट लगायतका सेवाहरू निःशुल्क दिने भएको छ । अस्पतालले हिन्दुहरूको महान् चाँड दशैलाई मध्यनजर गर्दै उपहार स्वरूप महिला दिँदी बहिनीहरू लाई निःशुल्क तथा छुट सेवा प्रदान गर्न लागेको हो ।

अस्पतालका अध्यक्ष महेश जोशीका अनुसार असोज महिनाभर स्वस्तिक अस्पतालले महिला, प्रसूति, तथा निसन्तान पन रोग विशेषज्ञले प्रदान गर्ने ओ.पी.डी, गर्भवती जाँच, निशन्तानपन सम्बन्धी परामर्श सेवा निःशुल्क (फ्री) दिने भएको छ ।

Dengue

यस्तै, अस्पतालले स्त्री तथा महिला रोग अथवा निशन्तानपन सम्बन्धी कुनै पनि समस्या भएका बिरामीहरूलाई अप्रेसन गर्नु परेमा र ल्याब परीक्षणमा २० प्रतिशत छुट सेवा प्रदान गर्ने अध्यक्ष जोशीले जानकारी दिनुभयो ।

यस्तै, नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको सुझाव अनुरूप विवाहित महिलाले ३र३ वर्षमा गर्नु पर्ने पाठेघरको मुखको क्यान्सर सम्बन्धी जाँच गर्न आउने व्यक्तिहरूलाई पनि विशेष छुट सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ ।

उक्त छुट सेवा प्रदान गर्नको निम्ति अस्पतालमा महिला, स्त्री, प्रसूति, तथा निसन्तान पन रोग विशेषज्ञ डा। निता तिमिल्सिना रहनु भएको छ ।

यस्तै, दसै छुट अफर तथा अस्पतालले प्रदान गर्ने अन्य स्वास्थ्य सेवा बारे विस्तृतमा बुझ्नको लागि धनगढी ३, सहिद गेटको सामुन्ने रहेको स्वस्तिक अस्पतालमा स्वयम उपसिथत भई अथवा फोन नम्बर ०९१-५२०२११ र ०९१-५२०५१२, मोबाइल नम्बर९७७९८५८४२२९३५ कल सँगै ह्वाटसप गरेर पनि जानकारी लिन सकिने गरी व्यवस्था मिलाइएको अस्पताल प्रशासनले जनाएको छ ।

त्यस्तै, यही असोज ७ गते आइतबार देखी पल्मोनोलोजिष्ट डाक्टरद्वारा फोक्सो तथा श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीहरूले पनि प्रत्येक दिन चेक जँच गराउन सक्ने जनाइएको छ ।

यसका साथै, स्वस्तिक अस्पताल धनगढीले अस्पतालमा हुने सबै खाले उपचार गराउँदा मौसमको अवस्थाको आधारमा चिसो तातो ९एसी० जडित संरचना, आवश्यकताको आधारमा आरामदायी क्याबिनबाट सेवाहरू प्रदान गर्दै आएको छ । भने सामाजिक उत्तरदायित्व बहन गर्दै असहाय एवं बेसहारा प्रमाणित व्यक्तिहरूका लागी ३ ओटा बेड मार्फत निःशुल्क उपचार सेवा प्रदान गर्नुका साथै मात्र एक हजार रुपैयाँमा परिवार स्वास्थ्य प्याकेज र सात हजार पाँच सय रुपैयाँमा होलबडी चेकजाँच सेवा समेत प्रदान गर्दै आइरहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार