आज नवौँ संविधान दिवस मनाइँदै

काठमाडौं, ३ असोज । नेपालमा संविधान जारी भएको ८ वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिन आज नवौँ संविधान दिवस मनाइँदै छ । संविधानमा लेखिएका मौलिक हक कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन भने अझै बनेका छैनन । ​

दलहरु सत्ता कै लुछाचुँडीमा केन्द्रीत हुँदा कानुन निर्माणको थलो संसद बन्धक बनेको छ । सत्तामा हुँदा ठिक विपक्षमा पुग्दा सबै बेठिक भन्ने प्रवृत्तिले एकातिर कानुन नै बन्न सकेको छैन भने अर्कोतिर बनेका कानुन कार्यान्वयन भएका छैनन् । जनताले जिताएका जनप्रतिनिधि कानुन बनाउनेभन्दा पनि प्रधानमन्त्री फेर्न दौडिने र आफु जसरी भएपनि सत्ताको वरिपरि रहने दाउमै व्यस्त रहेको विश्लेषण हुने गरेको छ । चुनावका बेला नेपाललाई कायापलट गरिदिने घोषणा गर्ने नेताहरु सत्तामा पुगेपछि काण्डैकाण्ड मच्चाउन व्यस्त हुदाँ लाखौँ युवापुस्ता विदेश जाने लाइनमा छन। राजनीतिक, आर्थिक , सामाजिक र न्यायिक कुनै पनि क्षेत्रमा जनताले नयाँ संविधानको अनुभव गर्न सकेका छैनन् । आठ वर्षमा केन्द्रमा मात्रै ८ वटा सरकार फेरिएको छ ।

Dengue

यो आठ वर्षमा प्रदेश सरकारले अझै अधिकार पाउन सकेका छैनन्। केन्द्रीय मानसिकताले प्रदेश अधिकारविहीन भएको छ । नेताहरुले गर्ने गरेका समृद्धि र विकासका नारा पुरा हुनै कुनै संकेत नदेखिएपछि स्वदेश मै केही गरौँ भन्नेहरु पनि विरक्तिएका छन् । यस्तो अवस्थाबाट मुलुकलाई मुक्त गरेर आम नागरिकलाइ नयाँ संविधानको अनुभुति दिलाउन अझैपनि राजनीतिक दलहरुमा चेत आउन नसके देशका लागि अर्को दुर्भाग्य हुने सबैले बुझेका छन् । संवैधानिक मूल्य र मान्यताको खिल्ली उडाउनेहरु अबपनि सहि मार्गमा लाग्न संविधान दिवसले सचेत गराउने झिनो विश्वास भने निरिह आम नागरिकमा अझै छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार