धनगढी: कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ ।
कैलालीको टिकापुर न.पा. ७ सोनाफाटाबाट अबैध रुपमा भन्सार छलि गरी ल्याएका अन्दाजी रु २०,८५०– बराबरको सुर्ती,बिडी,लेडिज सुट लगायतका सामानहरु र टिकापुर न।पा। १ लम्कीपुल नजिकबाट अन्दाजी रु ९,००० –बराबरको चिनी शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको हो ।
उता कंचनपुरको बेलौरी न.पा. १ बैजुडाडाबाट अबैध रुपमा भन्सार छलि गरी ल्याएका अन्दाजी रु ५९,४००।– बराबरको चिनी,चना,बिडी,खानेतेल लगायतका सामानहरु र बेलौरी न.पा. १ फटैयाबाट अबैध रुपमा भारतरबाट नेपाल तर्फ ल्याएका अन्दाजी रु १२,३०० – बराबरको बोईलर कुखुरा,पेय पदार्थ (डिउ) लगायतका सामानहरु शनिबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस्