बढ्यो सुनचाँदीको भाउ

काठमाडौं: साताको अन्तिम दिन शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य एक लाख ११ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० र चाँदीको मूल्य १ हजार ३९५ रुपैयाँ तोकिएको छ ।

Dengue

बिहीबार एक लाख ११ हजार २ सय रुपैयाँमा छापावाल सुन, एक लाख १० हजार ६५० रुपैयाँमा तेजावी सुन र १ हजार ३८५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार