एसिया कपः श्रीलंकालाई हराउँदै भारत फाइनलमा

काठमाडौँ: भारत एसीसी एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति श्रीलंकाको कोलम्बोमा प्रतियोगिताको सुपर फोरमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारतले एक खेल अगावै फाइनलमा स्थान बनाएको हो ।

Dengue

सुपर फोरका दुवै खेल जितेको भारतले ४ अंक जोडेको छ । समान एक(एक खेल जितेका श्रीलंका र पाकिस्तानको २(२ अंक भएपनि नेट रनरेटमा भने श्रीलंका अगाडी छ ।

दुवै खेलमा पराजय भोगेको बंगलादेश भने फाइनलको दौडबाट बाहिरिसकेको छ । अब श्रीलंका र पाकिस्तानबीच हुने खेलको विजेताले फाइनलमा स्थान बनाउने छ । पाकिस्तान र श्रीलंकाबीचको खेल बिहीबार हुने तालिका रहेको छ ।

मंगलबार राति सम्पन्न खेलमा भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले ४१ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ७२ रनमात्र बनाउन सक्यो ।

श्रीलंकाका लागि दुनिथ वालालागेले अविजित ४२ रन बनाए । भारतका लागि कुलदिप यादवले सर्वाधिक ४ तथा जसप्रित बुमराह र रविन्द्र जडेजाले २ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ ओभर १ बलमा सबै विकेट गुमाउँदै २ सय १३ रन बनायो । भारतका लागि कप्तान रोहित शर्माले ५३ रन तथा केएल राहुलले ३९ रन जोडे ।

श्रीलंकाका दुनिथ वेलालागे ५ तथा चारिथ असालान्काले ४ विकेट हात पारे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार