गोरखा: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई पुनस् जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन् ।
शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा पुगेका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै पार्टी पुनर्निर्माण गर्ने अभियान उत्साहपूर्ण ढंगले अगाडि बढेको बताएका हुन् ।
उनले भने ुअहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देश भर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ । ठूलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न यो अभियान सफल पार्न जरुरी छ ।
प्रधानमन्त्री प्रचण्डले आफूले सरकारलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको बताए । उनले जनताको काम गर्ने एक मात्र पार्टी माओवादी हो भन्ने रूपमा स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरे ।
सुशासन र समृद्धिलाई प्राथमिकता दिएर सरकार अगाडि बढेको बताउँदै प्रधानमन्त्री प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको, कर्णाली चिसापानी जस्तो गेम चेन्चज आयोजना सुरूवात गरिएको बताए ।
उनले चीन भ्रमणमा नेपालको विकास र देशको उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेन्डा रहने जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्