काठमाडौं: पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। कोटेश्वरस्थित नेपालको निजी निवासमा उनीहरूबीच शनिबार बिहान भेटवार्ता भएको हो।
उनीहरुबीच नेपाल र चीनबीच द्विपक्षीय हित, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका विविध विषयमा छलफल भएको नेपालको सचिवालयले जनाएको छ।
सत्ता साझेदार दलका नेता नेपालले प्रधानमन्त्रीको चीन भ्रमण र दुई देशबीच हुने सम्झौताका विषयमा चासो राखेका थिए। भ्रमणलाई प्रभावकारी बनाउने विषयमा उनीहरु बीच छलफल भएको बताइएको छ।
प्रतिक्रिया दनुहोस्