काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश फर्किएका छन्। पारिवारिक कामको सिलसिलामा भदौ ८ गते यादव भारत प्रस्थान गरेका उनी शुक्रबार नेपाल आइपुगेका हुन्।
जसपाका प्रवक्ता मनिषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची गएका थिए।
उनी गत साता नै नेपाल फर्किने कार्यक्रम रहे पनि बसाइँ एक साता लम्बिएको थियो।




प्रतिक्रिया दिनुहोस्