आज गौराको तेस्रो दिन: ठूली गौरा मनाइँदै

धनगढी: सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको आज तेस्रो दिनमा व्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् ।

स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन् । व्रतालु महिलाहरुले बिहानै नुवाइधुवाइ गर्छन् । साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन छ ।

Dengue

अमुक्ताभरण सप्तमी वा आज दिन व्रतालु महिलाहरु एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने प्रचलन रहेको छ । गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर व्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् ।

व्रतालु महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुवधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ । यसका साथै साँझको समयमा ब्रतालु महिलाहरुले कुण्ड स्नान गर्दछन् । आज गौरादेवीमा चढाएको दुवधागोलाई भोलि दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन व्रतालु महिलाहरुले धारण गर्ने गर्दछन् ।

गौरापर्वको मुख्य दिन आज गौरा र महेश्वरको पूजा गरी व्रतालुहरुले राति मिठोमसिनो खाना खाने चलन छ। दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन छ ।

यो बर्ष तिथीका बिषयमा ज्योतिषहरुबीच विवाद भएपछि दुई गौरा भएका छन् । कुनै ठाउँमा भदौ ४ गतेदेखि गौरा शुरु भइसकेको छ भने कुनै ठाउँमा भदौ १८ गतेदेखि गौरा मनाउने तयारी भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार