सात दलका शीर्ष नेतासँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्दै

काठमाडौं: संसद्को गतिरोध अन्त्यका लागि राष्ट्रिय मान्यताप्राप्त पार्टीका शीर्ष नेताहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गर्ने भएका छन् ।
आज (आइतबार) दिउँसो साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्ने भएका हुन् ।
संसद्को गतिरोध अन्त्यका लागि पहल गर्न प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

गत निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय मान्यताप्राप्त पार्टी बनेका छन् ।

Dengue

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार