अछामः बँदेलको आक्रमणबाट अछाममा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा अछामको तुर्माखाँद गाउँपालिका–३ की २६ वर्षीया दिला बयक रहेकी छिन्।
बिहीवार मास गोडेर घर फर्कने क्रममा उनलाई बँदेलले आक्रमण गरेको स्थानीयले बताए। दिलाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्