कञ्चनपुरमा एक घरमा आगलागी

कञ्चनपुर, ३० साउन । कञ्चनपुरमा एक घरमा आगलागी भएको छ । सोमबार जिल्लाको बेलडाँडी गाउँपालिका ४ वैवाह बस्ने कुल बहादुर खड्काको काठको एक तले गोठमा आगलागी भएको हो ।

गाई भैँसीलाई लाग्ने किरा धपाउन बालेको आगोबाट अचानक गोठमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी बाट अन्नपात, कपडा, पोलिथिन पाइप, त्रिपाल लगायत अन्दाजी रु. ३ लाख ५० हजार मूल्य बराबरको धनमाल जली नष्ट भएको छ ।

Dengue

प्रहरीका अनुसार जलेर एउटा बाख्राको मृत्यु भएको छ, भने ३ वटा बाख्रा, १ भैँसी, १ पाडो जलेर घाइते भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार