सुन तस्करीको छानबिन सीआईबीबाटै गर्नुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौं: प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसले सुन तस्करी प्रकरणको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

प्रमुख प्रतिपक्षी एमालेसहितका केही दलले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिरहेका बेला तीन दिन बसेको कांग्रेस संसदीय दलको बैठकले भने सीआईबीबाट अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

Dengue

संसदीय दल बैठकले सीआईबीलगायतका सरकारी निकायले छानबिन गरिरहेकाले यसलाई पारदर्शी, गम्भीरताका साथ ठीक ढंगले निष्कर्षमा पुर्‍याउनुपर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

साथै बैठकले अवरुद्ध संसद् नियमित गर्न पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार