धनगढी, २६ साउन । बाजुरामा वर्षाका कारण एक घर भत्किएको छ । जिल्लाको हिमाली गाउँपालिका–३ युनाका सुरबिर रोकायाको तीन तले नौँ कोठे पत्थरले छाएको घर भत्किएको हो ।
अविरल वर्षाका कारण बिहीबार साँझ पुर्ण रुपमा भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार घर भित्र रहेका सरसामान, खाद्यान, लत्ताकपडा लगायत गरि अन्दाजी सात लाख बराबरको धनमालको क्षती भएको छ।
मानविय तथा पशुचौपाया क्षती भने केहि भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्