बैतडीमा जङ्गली जनावरको आतङ्क, किसान लाई बाली जोगाउन सकस

धनगढी, २६ साउन । बैतडीमा जङ्गली जनावर बँदेल, भालु, दुम्सी, बाँदरलगायतले आतङ्क मच्चाएका छन् । जङ्गली जनावरले मानिसमाथि आक्रमण गर्नुका साथै बालीनालीसमेत नष्ट गर्न थाले पछि किसानलाई बाली जोगाउन सकस भएको छ ।

दिउँसो बाँदर र रातिको समयमा बँदेल, दुम्सीले मकैबाली नष्ट गर्न थालेको दोगडाकेदार–३ श्रीकोटका डम्बर जोशीले बताए । मकैबाली जोगाउन रात दिन बारीमै जाग्राम बस्नुपरिरहेको अर्का किसान झिमा विष्टले बताए ।

Dengue

किसानले मेहनत गरेर लगाएको बाली बर्सेनि जङ्गली जनावरले सखाप पार्न थालेपछि चिन्ता बढेको किसान हरुको भनाई छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार