धनगढी । धनगढी जेसिसको आयोजनामा वक्तित्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । ‘समुदायमा जेसिस’ भन्ने मूल नाराका साथ सुरु भएको ‘जेसिस सप्ताह २०२३’ अन्तर्गतको चौथो दिन उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
धनगढी जेसिसका अध्यक्ष मोहनराज ओझाको सभापतित्वमा सम्पन्न भएको वक्तित्वकला प्रतियोगितामा धनगढीका विभिन्न क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ,हरित विश्व निर्माणमा हरित सीप विकास’ भन्ने शिर्षमा आयोजना गरिएको उक्त प्रतियोगितामा सुदूरपश्चिमाञ्चल क्याम्पसको प्रतिनिधित्व गर्दै सहभागी भएकी दिया जोशी प्रथम भएकी छिन् । त्यस्तै नास्टकी जानवी जोशी दोस्रो र कैलाली बहुमुखी क्याम्पसका प्रविन चन्द तेस्रो भएका छन् ।
वक्तित्वकला प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला राना रहेकी थिइन् भने विशिष्ट अतिथि सुदूरपश्चिमाञ्चल क्याम्पसका क्याम्पस प्रमुख योगराज उपाध्याय रहेका थिए ।
प्रतिक्रिया दनुहोस्