कैलालीमा बाढीका कारण ४ सय ६३ घरमा क्षति

अत्तरिया: हाल देशका विभिन्न भू–भागमा भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै देशका विभिन्न क्षेत्रमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ ।

बाढीका कारण कैलालीमा ४ सय ६३ घरमा क्षति भएको छ । जिल्लाका विभिन्न क्षेत्रका ४ सय ६३ घरमा बाढीले क्षति गरेको जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्याँकमा उल्लेख रहेको छ ।

सोमवार रातिको वर्षाले सबै भन्दा बढी कान्द्रा नदीले घोडाघोडी नगरपालिका वडा नम्बर ७ को सिराधानी शिविरमा एक सय ५० घरमा क्षति गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

त्यसैगरि कैलारी गाउँपालिका वडा नम्बर ७ को कटैनी नदीले ८५ घरमा क्षति गरेको छ । यस्तै खुटीया नदीले धनगढी उपमहानगरपालिकाको वडा नम्बर १५ कनरीमा १५ घरमा क्षति गरेको छ । भजनी नगरपालिका वडा नम्बर २ को काडा नदीले मोहनपुरमा १५ घर, वडा नम्बर ३ को ढुसीमा ५ घर, जनकपुरमा १ घर, पुलियापुरमा १६ घर र कुटीमा ५० घरमा क्षति गरेको छ ।

त्यस्तै जोशीपुर गाउँपालिका वडा नम्बर ३ फाँडिया र भितरिया गाउँमा कादा नदीको बाढीले ५६ घरमा क्षति गरेको छ । गोदावरी नगरपालिका वडा नम्बर १ को खैरना खोलाले चैतनपुरमा १ पसलमा क्षति गरेको छ । कैलारी गाउँपालिकाको वडा नम्बर ७ का बसन्तामा ८५ घर, भुइयाँफाटामा २० घर, बडकी बसन्ताका ५० घरमा क्षति भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार