ललिता निवास प्रकरणः गहिरिएर अनुसन्धान गर्दै प्रहरी

धनगढी । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धानलाई प्रहरीले थप गम्भीर रुपमा अघि बढाएको छ । त्यसैमाथि सर्वोच्च अदालतले उक्त प्रकरणमा निर्णयकर्तामाथि पनि छानविन गर्न आदेश दिएपछि यो प्रकरण थप चोटीलो बनेको छ ।

अदालतको आदेशसँगै अहिले चार पूर्वमन्त्रीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । पूर्व उपप्रधान एवम् भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्व राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधारमन्त्री चन्द्रदेव जोशी र पूर्वमन्त्री डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

Dengue

हाल ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा अदालतको आदेशलाई ‘नोटिस’मा राखेको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बताएका छन् ।

अहिलेसम्म २३ जना पक्राउ गरिएकामा तीनजना बन्दी प्रत्यक्षीकरणको रिटमार्फत छुटेपछि घटनाको बाँकी २० जनालाई हिरासतमा राखेर अनुसन्धान जारी रहेको सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताएका छन् । विसं २०४९ देखि २०६९ को अवधिमा ललिता निवासको एक सय ४३ रोपनी जग्गा हिनामिना भएको थियो । उक्त प्रकरणमा तत्कालीन प्रधानमन्त्री, मन्त्रीका साथै सम्बन्धित मन्त्रालयका सचिव, गुठी संस्थान र मालपोत कार्यालयका अधिकारीहरु मुछिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार