धनगढीमा विद्युतीय गाडी चार्जिङ स्टेसन सञ्चालनमा

भक्तराज जोशी


धनगढी, २१ साउन । धनगढीमा विद्युतीय गाडी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका परिसरमा जडान गरिएको विद्युतीय गाडी चार्जिङ स्टेसन आईतबार सञ्चालनमा आएको हो ।

सो चार्जिङ स्टेसन धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला राना र नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जङ्गबहादुर चन्दले संयुक्त रुपमा चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन्। नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको चार्जिङ स्टेसन उद्घाटनसँगै सञ्चालनमा ल्याइएको छ ।

Dengue

धनगढीको चार्जिङ स्टेसनमा एक सय ४० किलोवाट क्षमताको रहेको छ। चार्जिङ स्टेसनमा एक घण्टाभन्दा कम समयमा चार्ज गर्न मिल्ने ६० किलोवाटका दुईवटा डिसी र २२ किलोवाटको एक एसी चार्जर राखिएको छ। सवारी साधनको चार्ज गर्न ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन्।

गाडी चार्ज गर्न बिहान र राति १० रुपैयाँ ४४ पैसा प्रतियुनिट, दिउँसो ८ रुपैया २८ पैसा प्रतियुनिट र राति ११ बजेपछि ६ रुपैयाँ प्रति युनिट शुल्क तोकिएको छ।

चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा विद्युतीय चार्जिङ पूर्वाधार विकास आयोजना प्रमुख सागर ज्ञवाली र निर्माण कम्पनीका व्यवस्थापक शिवराम अधिकारी र उपमहानगरका जनप्रतिनिधिहरूको उपस्थिति र सञ्चार कर्मिहरुको सहभागीता रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार