घट्दो ट्रेण्डमा धनगढीको बेरुजु, एक आर्थिक वर्षमै ३ करोड बढीले घट्यो !

धनगढी । धनगढी उपमहानगरपालिकाको बेरुजु निरन्तर घट्दो क्रममा देखिएको छ ।

अघिल्लो आर्थिक वर्षमा २०७७ ७८ मा ३४ करोड ८८ लाख ९२ हजार रहेको धनगढी उपमहानगरपालिकाको बेरुजु गत आर्थिक वर्ष २०७८ ७९ मा ३१ करोड १७ लाख ७० हजार १ सय ४७ पुगेको छ ।

Dengue

अघिल्लो आर्थिक वर्षमा ७९ लाख ७६ हजार ७४ रुपैयाँ बेरुजु फर्छ्यौट गरिएकोमा गत वर्ष ७ करोड ९६ लाख ४३ हजार २ सय ८६ रुपैयाँ फर्छ्यौट गरिएको उपमहानगरपालिकाकी आर्थिक प्रशासन शाखा प्रमुख सरस्ती जोशीले जानकारी दिएकी छिन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको बेरुजु निरन्तर घट्दो क्रममा देखिएकोले चालु आर्थिक वर्षमा यस्तो रकम थप घट्ने अनुमान गरिएको छ । बेरुजु रकम विवरण हेर्नुहोस्ः

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार