भत्ता बुझेर घर फर्केका बैतडीका वृद्ध बाटोमा मृत फेला

बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिकास्थित गोगनपानीमा एक वृद्ध मंगलबार मृत फेला परेका छन् । उक्त गाउँपालिकाको–६ नम्बर वडाको रोडी बस्ने ७१ वर्षीय धनसिंह भण्डारी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

वृद्व पञ्चेश्वर गाउँपालिकाको ३ र ४ नम्बर वडाको सिमाना पर्ने गोगनपानीमा मृत अवस्थामा फेला परेको बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनका अनुसार कुलाउँको नबिल बैंकबाट वृद्ध भत्ता बुझेर घर फर्किरहेका भण्डारी मृत फेला परेका हुन् । बैंकबाट वृद्ध भत्ता बुझेर सोमबार घर जान हिँडेका भण्डारी साँझसम्म पनि घर नपुगेपछि परिवारले खोजी गरेका थिए । सोही क्रममा मंगलबार बिहान वडा नं ३ र ४ को सिमानामा पर्ने गोगनपानीमा उनलाई मृत अवस्थामा आफन्तले फेला पारेको उनको भनाइ छ ।

Dengue

भण्डारीको टाउकोमा चोट लागेको छ । अहिले प्रहरी निरीक्षक जोशीको कमाण्डमा अनुसनधानका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार