कञ्चनपुर: कञ्चनपुरबाट गाईगोरुको छालासहित दुई जना पक्राउ परेका छन् ।
कञ्चनपुरबाट काठमाडौँ जाँदै गरेको सु.प.प्र ०२–००१ ख ११०८ नम्बरको बसबाट १५० पिस गाई–गोरुको छालासहित दुबै जनालाई सोमवार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको पुनर्वास नगरपालिका–३ का ५२ वर्षीय डेने तामाङ्ग र सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–४ जागिर यमुनाका ४० वर्षीय सन्तोषकुमार खड्का रहेका छन् ।
उनीहरुमाथि जिल्ला अदालतबाट थप म्याद लिई अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्