काठमाडौं: शुक्रबार सुन र चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्दा चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ ।
सुनको मूल्य घट्नुमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्बले निक्षेपको ब्याजदर बढाउनु रहेको बताइएको छ ।
शुक्रबारर छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार ६ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य एक लाख १२ हजार ५० रुपैयाँ छ ।
यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार एक लाख १३ हजार ५ सय रुपैयाँ प्रतितोलामा छापावल सुनको खरिद बिक्री भएको थियो भने चाँदी १ हजार ४९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्