बैतडीमा जिप दुर्घटना, दुईजना घाइते

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित तारलमा जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।

बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको सुपप्र ०१–००१ ज १३५२ नम्बरको जिप गएराति पौने १२ बजे तारलमा दुर्घटना भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। दुर्घटनामा परी जिप चालक बैतडीको डिलाशैनी गाउँपालिका–१ का हेमन्त राना र सोही ठाउँका सहचालक उमेश राना घाइते भएका छन्।

Dengue

घाइते चालकको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेलधुरा रेफर गरिएको छ भने सहचालकको जिल्ला अस्पतालमै उपचार भइरहेको छ। जिपमा चालक र सहचालक मात्रै सवार थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार