सुदूरपश्चिममा हुलाकी सडक निर्माणमा ढिलासुस्ती

धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक निर्माणको गति सुस्त देखिएको छ । कैलालीमा ७३ र कञ्चनपुरको दक्षिण क्षेत्रमा ६२ किलोमिटर गरी एक सय ३५ किलोमिटर हुलाकी सडक निर्माण थालिएको लामो समय बितिसक्दा पनि अझै ८३ दशमलव पाँच किलोमिटर हुलाकी सडक कालोपत्रे गर्न बाँकी छ । हालसम्म यहाँ ५१ दशमलव पाँच किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ ।

कञ्चनपुरमा २०७३ फागुनदेखि निर्माण थालिएको सडक अझै ५० प्रतिशतभन्दा बढी उस्तै छ भने कैलालीमा ७३ किलोमिटरमध्ये १३ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारले कञ्चनपुरमा २०७३ फागुन र कैलालीमा २०७७ असारदेखि सडक निर्माण थालिएको जानकारी दिएका छन् ।

Dengue

कैलालीको लम्कीदेखि टीकापुरसम्मको २९ किलोमिटर सडकमा आठ किलोमिटर कालोपत्रे भएको छ । तीस महिनाको अवधि तोकेर सो खण्ड तीन वटा प्याकेजमा रु एक अर्ब १८ करोड ५५ लाखमा सम्झौता भएको थियो ।

उक्त प्याकेजको एक पटक म्याद थप भएर आगामी पुस मसान्तसम्म कायम रहेको इन्जिनियर सुनारको भनाइ छ । त्यसैगरी कैलालीको धनगढीस्थित क्याम्पस रोडदेखि सत्तीसम्मको ४४ किलोमिटरमध्ये साढे पाँच किलोमिटर मात्रै कालोपत्रे भएको छ ।

उक्त खण्ड रु एक अर्ब ३१ करोड ४१ लाखमा चार वटा प्याकेजमा ठेक्का सम्झौता गरिएको छ । क्याम्पसरोडदेखि सत्तीसम्म ६४ किलोमिटर हुलाकी सडकमध्ये २० किलोमिटर पहिल्यै कालोपत्रे भइसकेको थियो । इन्जिनियर सुनारले कोरोनाका कहर, निर्माण सामग्रीमा मूल्य वृद्धि तथा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले निर्माण व्यवसायीले काममा ढिलाइ गरेको बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार