प्रधानमन्त्री प्रचण्डले बंगलादेशकी समकक्षी शेख हसिनासँग भेटवार्ता गर्दै

इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) बंगलादेशकी समकक्षी शेख हसिनासँग द्विपक्षीय भेट गर्दैछन्।

प्रधानमन्त्री प्रचण्डले सोमबार नै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेससँग द्विपक्षीय भेट गर्ने कार्यक्रम तय भएको नेपाली राजदूतावास भियनाले जानकारी दिएको छ।

Dengue

प्रधानमन्त्रीले खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यकारी निर्देशक र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (एडिआइएफ) कार्यक्रमका अध्यक्षसँग पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम तय भएको पनि भियनाले जानकारी दिएको छ।

मंगलबार गैरआवासीय नेपाली संघ, इटालीले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्रीले त्यहाँ रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्नेछन्।

प्रधानमन्त्री प्रचण्ड खाद्य प्रणाली रूपान्तरण- सफलता, चुनौती र आगामी यात्रा सम्बन्धी सम्बन्धी कार्यक्रममा भाग लिन शनिबार इटाली गएका दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार