वाह ! क्या गज्जबको काम, ७ दिनमा धनगढीबाट ४७ सर्पको उद्धार

धनगढी । धनगढी उपमहानगरपालिकाले ७ दिनमा ४७ सर्पको उद्धार गरेको छ । ३१ असारबाट सर्प उद्धारको काम सुरु गरेको नगर प्रहरीले साउन ६ गतेसम्ममा उपमहानगरपालिकाका विभिन्न ठाउँबाट ४७ सर्पको उद्धार गरेको हो ।

यो अवधिमा स्थानीयले गरेको खबरका आधारमा घरभित्र पसेका सर्पलाई सुरक्षित रुपमा उद्धार गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । यसरी धनगढीका विभिन्न ठाउँबाट उद्धार गरिएका सर्पलाई सब डिभिजन वन कार्यालयको रोहबरमा जङ्गलमा छोडिएका छन् ।

Dengue

उपमहानगरपालिकाले नगर प्रहरीलाई सर्प समात्न दुई दिनको तालिम दिइएको थियो । उपमहानगरपालिकाले यसरी नगर प्रहरीलाई तालिम दिएर परिचालन गरेसँगै हाल स्थानीयहरुले सर्प देखिने बित्तिकै नगर प्रहरीलाई खबर गर्ने गरेका छन् । सोही अनुसार नगर प्रहरीहरु सर्प उद्धारका लागि तत्काल सम्बन्धित घरमा पुग्दै आएका छन् ।

घरमा सर्प देखिए स्थानीयहरुले उपमहानगरपालिकाको पैसा नलाग्ने सम्पर्क नम्बर १८१०५००००९० मा फोन गरेर सर्प उद्धारका लागि जानकारी दिन सक्नेछन् । यसरी जानकारी दिइएको अधिकतम २० मिनेटमा उपमहानगरपालिकाको सर्प समात्ने टोली सम्बन्धित घरमा पुग्ने गर्दछ । यसरी सर्प उद्धारका लागि नगरपालिकाले विशेष टोली नै परिचालन गरेपछि स्थानीयहरु थप उत्साहित बनेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार